<

आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते । 

राैतहट – राैतहटकाे कटहरिया नगरपालिका वड नम्बर ७ ले दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । सो कार्यक्रमको सञ्चालन वडा सचिव जयराम साहले र अध्यक्षता वडा अध्यक्ष सहिद मिया धाेवीले गर्नुभएको थियो ।

दिपावली पर्व सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै उज्यालो भएको दिन महत्त्वपूर्ण रहेको वडा अध्यक्ष मियाले बताउनु भयाे  । दिपावली र छठ पर्वले देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू भेटघाट हुने र मान्यजनबाट आशिर्वाद दिने धार्मिक महत्त्व र विस्वास रहेको उनले बताए ।

कार्यक्रम सञ्चालन गर्दै वडा सचिव साहले दिपावली पर्वले सबैकाे जिवनमा उज्यालो ल्याओस् भन्ने कामना गर्दै सबैजनामा शुभकामना व्यक्त गर्नु भएको थियाे । साे कार्यक्रममा वडा सदस्य रामकिशाेर राय यादव,समाजसेवी भाेला राय यादव,काैशल किशाेर चाैधरी लगायतले आफनाे शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्यहरू नन्दलाल राउत,श्रीपति देवी,बनारसी देवी लगायत स्थानीय भद्रभलादमि, बुद्धिजीवीहरूकाे सहभागीता रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0