<

 

 आरके श्रीवास्तव,राैतहट,२४ गते

कार्तिक राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति र पाेशाक वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित रहेकाे श्री प्राथमिक बिधालय डुमरियामा छात्रवृत्ति र बिधालयकाे हाउस ड्रेस प्रदान गरिएको हाे । मंगलबार र शुक्रबार लगाउने साे ड्रेस प्रदान गरिएको बिधालयले जनाएको हाे ।

बिधालयका जग्गा दाता श्रीमती भावना बस्नेतले उपलब्ध गराएको ४५ हजार बराबरकाे पाेशाक वितरण भएको हाे । शुक्रबार नगरपालिका बाट आएको आर्थिक २०७९/०८० काे छात्रवृत्ति वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल ३० हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरू लाई वितरण गरिएको हाे । बिधालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु महताे काेईरीकाे अध्यक्षतामा वितरण गरिएको हाे । साथै बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय भद्रभलादमीहरूले बिधालयमा निर्माण भएको भवनकाे हिसाबकिताब प्रअ जयसवाल सँग लिएका थिए ।

छात्रवृत्ति वितरणकाे अवसरमा पूर्व अध्यक्ष भाेला महताे काेईरी,पूर्व अध्यक्ष रघुवंश यादव,वडा सदस्य शिवशंकर यादव,प्रमाेद कुशवाहा,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0