<

 

काठमाडौँ,२५ कार्तिक

मधेश प्रदेशको सबैभन्दा बढी धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

वीरगन्जको आदर्शनगर रंगशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै विभागी टोलीका प्रशिक्षकले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमवर्क र प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे ।

यस्तै, आर्मीका प्रशिक्षक विकास मल्लले उपाधिका लागि राम्रो तयारी रहेको बताए ।

बिजेता टोलीले ११ लाख ११ हजार र उपविजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भेट्रान्स सिटी क्लबले आयोजना गरेको गेल्डकपमा नेपालका ६ र भारतका २ गरी ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0