<

काठमाडौं, २३ कार्तिक ।

नेपाली महिला क्रिकेटर रुबिना क्षेत्रीलाई कप्तानीको जिम्मेवारीबाट बिदा गरिएको छ । हङकङमा नोभेम्बर १५ देखि हुने चार देशबीचको टी-२० सिरिजमा इन्दु बर्मालाई कप्तान बनाएसँगै ११ बर्ष लामो रुबिनाको राष्ट्रिय टिमको कप्तानी पारी टुंगिएको छ । नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुने यस सिरिजमा नेपालसहित युएई, हङकङ र मलेसिया खेल्दै छन् ।

 

उनी २०१२ देखि महिला क्रिकेट टिमको कप्तान रहेकी छन् । राष्ट्रिय टिमबाट २००९ मा सिंगापुरविरुद्ध डेभ्यु गरेकी रुबिनाले नेरी थापालाई रिप्लेस गर्दै २०१२ मा कप्तान बनेकी थिइन् । उनले महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा भने २०१९ मा डेभ्यु गरेकी थिइन् ।

 

२९ बर्षिय रुबिना आफ्नो क्यारियरको अन्तिम चरणमा रहेको बेला कप्तानको जिम्मेवारीबाट बाहिरिएपनि अहिले टिममा भने महत्वपूर्ण खेलाडीको रुपमा रहेकी छन् । उनले नेपालका लागि टी-२० मा ४६ खेल खेल्दै ५०२ रन बनाएकी छन् भने ३३ विकेट समेत लिएकी छन् ।

 

राष्ट्रिय टिमको कप्तानीबाट हटाएको क्षणमा रुबिना भने सीता रानामगरसँगै हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिज पनि खेल्न अहिले हङकङमा छन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखी सुरु हुनेछ । यो सिरिजपछि उनीहरुले हङकङमै राष्ट्रिय टिममा सामेल हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0