<

काठमाडौं, २३ कार्तिक ।

बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ ।

 

युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

 

बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए । केनले खेलको ८० र ८६औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी कहल्को इन्जुरी समयको ९३औं मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए ।

 

समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो । ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो । ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0