<

 

काठमाडौं, २० कात्तिक ।

अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान,  २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0