<

 

आरके श्रीवास्तव,राैतहट,१९ गते कार्तिक/

राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा बालबालिकाहरकाे मुख्य सवाल बारे सराेकारवालाहरू सँग छलफल गरिएको छ । आईतवार गुजरा नगरपालिकाकाे सभा हलमा एक दिने छलफल कार्यक्रम गरिएको हाे ।

गुजरा नगरपालिकामा बाल श्रम न्यूनीकरण परियोजना अन्तर्गत साे कार्यक्रम गरिएको हाे । ग्रामीण विकास केन्द्र नेपाल(आरडिसि) नेपालकाे आयाेजना र किल्डर नट हिल्फकाे आर्थिक सहयोग र गुजरा नगरपालिकाकाे समन्वयमा बालबालिकाहरकाे मुख्य सवाल बारे छलफल गरिएको आरडिसि नेपालका शेख अर्सदले जानकारी गराए । कार्यक्रममा अर्सदले परियोजनाले गरेकाे कामहरू बारे विस्तृत रूपमा जानकारी गराईएकाे थियो ।

उनले नगरस्तरीय बाल अधिकार समिति पुनः गठन ,वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बताए । साथै युवा तथा सराेकारवालाहरूकाे सहभागी पनि गराईएकाे उनकाे भनाइ थियोे । धार्मिक अगुवा समिति सँग छलफल गरिएकाे बारे बताए । किण्डर नट हिल्फ संस्थाले बाल संरक्षण सम्बन्धि काम गर्दै आएको छ । पञ्च वर्षिय आयाेजना अन्तर्गत बालबालिकाहरूकाे समस्या न्यूनीकरण गर्ने उदेश्यले याे परियाेजना सञ्चालनमा छ । गुजरा नगरपालिकाका बालबालिकाहरूकाे समस्याकाे बारेमा छलफल गरिएको हाे ।

त्यसमा बाल विवाह,भागि विवाह,लागूऔषध दुर्व्यसन ,जंगल बाट दाउरा ल्याउन प्रयाेग गरियो,ईट्टा भठ्ठामा काम लगाइएको पाइयो,लागूपदार्थ सेवनमा लगायतकाे बारेमा चर्चा गरिएको थियोे । जाेखिममा परेकाे बालबालिकाहरू छन् भने आ-आफनाे नजिककाे वडा अध्यक्षलाई जानकारी गराउन आग्रह पनि गरिएको थियोे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष रामजित चाैधरीले धुम्रपान,मधपान बिक्री गर्नु हुँदैन । रक्सी बेचन कडाइ गर्दा, कटाक्ष र पीडा भाेग्नु परेकाे तितो सत्य सुनाए । राजनीति दलका नेता एक्सनमा आएन भने याे निर्मुल गर्न सकिदैन ।

तसर्थ राजनीति दलका नेताहरू लाई बाेलाएर अन्तरक्रिया गर्ने । गलत राजनीतिक साेच भएका व्यक्तिले बिगारेका छन् । याे निर्मुल पार्न सबैकाे सहयोग चाहिन्छ । यस्तै उप प्रमुख लामाले एकजनाले चाहेर पनि हुन नसक्ने भन्दै,यसमा सबैकाे सहयोग चाहिने कुरामा जाेड दिनु भयाे । साे अवसरमा गुजार नगरपालिकाकि उप प्रमुख रत्ना लामा, वडा नम्बर १ का वडा अध्यक्ष रामजित चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष अब्दुल सलाम,वडा नम्बर ७ का वडा अध्यक्ष शेख अब्दुलका,कार्यपालिका सदस्य ओमप्रकाश साह,गुजरा नपाका अधिकृत जित बहादुर चाैधरी, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक,कर्मचारीहरू लगायत स्थानीयहरू र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0