<

काठमाडौं, १९ कात्तिक ।

काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले पछ्याउन थालेको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

 

टस जितेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।

ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0