<

तेहरान, १९ कार्तिक ।

सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेको वार्षिकोत्सव मनाउँदै हजारौं इरानीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा देशभर जुलुस निकालेका छन् ।

 

साे क्रममा तिनीहरूले इजरायललाई वाशिंगटनले दिएकाे समर्थनको निन्दा गरेका छन्, जसले हमास विरुद्धको युद्धमा गाजा पट्टीमा निरन्तर बमबारी गरिरहेको छ।

 

शनिबारको र्‍याली, जुन राज्यले आह्वान गरेको थियो । इजरायल–हमास युद्ध चौथो हप्तामा प्रवेश गरेपछि याे बिशाल र्‍याली आयोजना गरिएकाे थियाे ।

 

अक्टोबर ७ मा इजरायलमा हमासको अचम्मको आक्रमणमा लगभग १४०० मानिस मारिएका थिए, जबकि २२० भन्दा बढीलाइ बन्धक बनाइएकाे छ । इजरायलले त्यसकाे जवाफी कारबाही गर्दा हालसम्म  ९,४०० भन्दा बढी प्यालेस्टिनी नागरिक मारिइसकेका छन ।

 

स्मरण रहाेस, नोभेम्बर ४, १९७९ इरानको अमेरिकी समर्थित सम्राटको पतन पछि भएको टेकओभर गर्न मात्रै ४४४ दिनसम्म लागेकाे थियाे, जसमा ५२ अमेरिकी अधिकारीहरूलाई बन्दी बनाइएकाे थियाे ।

 

साे दिनकाे सम्झनामा गरिएकाे प्रदर्शनकाे अन्त्यमा प्रदर्शनकारीहरूको तर्फबाट प्रकाशित एक विज्ञप्तिमा गाजामा तत्काल युद्धविरामको लागी आह्वान गरिएको छ । र, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम र फ्रान्सलाई चेतावनी दिइएको छ कि यस क्षेत्रमा संकट विस्तार हुन सक्छ, त्याे बेलैमा ख्याल गर्न जरूरी छ ।

 

तेहरानमा प्रदर्शनकारीहरूले इरानको राजधानीको मुटुमा रहेको प्यालेस्टाइन स्क्वायरबाट केही किलोमिटर टाढाको पूर्व अमेरिकी दूतावाससम्म र्‍याली गरेका हुनु । र्‍यालीभर ‘अमेरिका मुर्दाबाद’ र ‘इजरायल मुर्दाबाद’ को नारा गुन्जिएकाे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0