<

 

काठमाडौं, १९ बैशाख ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।

 

गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।

 

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्  ।

 

सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0