<
राैतहट,कार्तिक १८ गते राैतहट ।
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो । कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश
सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो ।
कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा १५० भन्दा बढि युवाको उपस्थिति रहेको थियो । उक्त भेलाबाट सो प्रदेशका ८ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि जम्मा ११ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ ।
उक्त समितिले ६ महिना भित्र सम्बन्धित प्रदेशका ८ वटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गर्ने लक्ष राखिएको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए । वि. सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित यस संस्था वि. सं २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक कृयाकलापमा अग्रसर छ ।
कुलत रहित समाज निर्माण र युवाहरूलाई समाजसेवा संगै उद्यमशीलता संग जोड्ने लक्ष्य सहित यतिबेला संस्था नमस्ते नेपालले अहिले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्य सहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसाल बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0