<

 

काठमाडाैं, १८ कार्तिक ।

भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ ।

गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।

 

नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

 

र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।

 

घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ ।

साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0