<

 

भक्तपुर, १८ कार्तिक ।

भरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच २०८० मा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको छ ।

एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा शुक्रबार भएको म्याचमा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएकाे छ भने मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामाङ ‘मस्ट भ्यालुएवल प्लेयर’ भएका छन् ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक कार्यक्रमवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।

 

कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले अरु धेरै विषयहरुमा जस्तै अपांगता क्षेत्रमा पनि उचित हेरचाह गरिरहेको जनाइन् । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपांगता भएका व्यक्तिहरु रहेको भन्दै उनले उनीहरुलाई आवश्यक ह्विल चियरलगायतका सामानहरु प्रदान गरी सहयोग गर्दै आएको जानकारी दिइन् ।

 

साथै अपांगता भएका व्यक्तिहरुलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको र यो वर्ष पनि आयोजना भएको उनले सुनाइन् ।

 

आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फे्रण्डसिप फष्ट, कम्प्युटिशन सेकेन्ड भन्ने मान्यताका साथ स्कुलले समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले ‘सके जितिन्छ, नसके सिकिन्छ’ भन्ने मान्यताका साथ खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्टका लागि, स्वास्थ्यका लागि खेल आवश्यक भएको बताए ।

 

मैत्रीपूर्व खेल सुरु हुनु अगाडि खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले गरेकी थिइन् । स्कुलमा भएको यस्तो खाले कार्यक्रम यो पहिलो भएको कार्यक्रममा बताइएकाे थियाे । कार्यक्रममा स्कुलका सवैजना विद्यार्थीलाई पनि देखाइएको थियो । ‘अपांग भनेको घरमा मात्रै बस्छन्, उनीहरुले केही पनि गर्न सक्दैनन्, उनीहरु बोझ हुन्’ भन्ने नकारात्मक सन्देशलाई न्युनीकरण गर्न कार्यक्रम आयोजना गरेको आयोजक स्कुलले जनाएकाे छ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पनि अतिथिका रुपमा उपस्थित रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0