<

काठमाडौं, १७ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् ।

यो समाचार तयार पर्दासम्म नेपाल १४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९६ रन बनाएको छ ।
यसअघि मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0