<

काठमाडौं, १६ कार्तिक ।

नेपाली कांग्रेसका नेता योगराज ढकाललाइ दिएको आममाफीका बारेमा सर्वोच्च अदालतमा आज फैसाला हुदैँछ ।

 

योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि त्यसका बिरुद्धमा भारती शर्माले दिएको मुद्धामा आज सर्वोच्च अदालतले फैसाला सुनाउन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिए अनुसार आज सुनाउन लागिएको हो ।

संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रि परिषद्ले ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै राष्ट्रपति पौडेलले कांग्रेसको भातृ संस्था तरुण दलका नेता ढकाल कारागारमुक्त हुन पुगेका थिए ।

 

ढकालले दिन दहाडै हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शर्माले रिगल निस्के पछि थप अन्यायमा परेकाे भन्दै राष्ट्रपतिको सो कदमबिरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन । अदालतमा पटक पटक भएको सुनवाई पछि आज सर्वोच्चले फैसाला दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0