<

काठमाडौं, १४ कात्तिक ।

इजरायल–हमाासबीच युद्ध विरामको आह्वानलाई अमेरिकाले पनि अस्वीकार गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको आह्वानलाई अस्वीकार गरेका बेला अमेरिकाले पनि अस्वीकार गर्दै इजरायललाई साथ दिएको हो ।

तीन साताअघि ७ अक्टोबरमा इजरायलमाथि प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण गरेपछि अहिले दुवैतर्फबाट बमबारी भइरहेका छन् ।

यही बेला अमेरिकाले इजरायल र हमासबीच युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेका हुन् ।
हाल, गाजाका २.२ मिलियन बासिन्दाहरूको लागि खाना, पानी, इन्धन र औषधि चरम अभाव भएको छ । तर, इजरायलले पनि हमास ध्वस्त नभएसम्म युद्धविराम नहुने घोषणा  गरिसकेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘युद्धविरामको आह्वानभनेको इजरायललाई हमासलाई आत्मसमर्पण गर्न, आतंकवादलाई आत्मसमर्पण गर्नको लागि आह्वान हो । यो हुने छैन ।’

तर, एक पत्रकार सम्मेलनमा अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले इजिप्ट हुँदै गाजामा थप सहायता ट्रकहरू प्रवेश गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

 

उनले भने कि अमेरिकाले इजरायली सरकारसँग सीमा पार गर्ने ट्रकहरूको संख्या हरेक दिन करिब १०० पु¥याउने बारे कुरा गरेको थियो।

 

‘आइतबार करिब ४५ ट्रक इजिप्टको रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका थिए,’ किर्बीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0