<
आरके श्रीवास्तव,रौतहट, १२ गते कार्तिक।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगरस्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रिकेट समिति वृन्दावन ६ रौतहटको आयोजनामा आज देखि सुरु भएको सो क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आज एक समारोहका विच गरेका हुन्। वृन्दावन नगरपालिका वडा नं.६ र ७ को रुपा नेपाली पाल मा.वि. धमौरा को संयुक्त खेल मैदान मा आयोजित उदघाटन कार्यक्रममा नगर प्रमुख कुर्मीले खिलाडीहरु सँग क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरेका छन्। करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफ र दोश्रो विजेता टोलीलाई नगद रु ३५ हजार
रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेल ले जानकारी दिए । कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देश लाई नै चिउने माध्यम रहेकोले आफुले आफ्नो पालिका का स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोच ले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताए। नगर प्रमुख कुर्मीले प्रतियोगितामा भाग लिएर खेल्न आउने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र शभ्य तरिकाले खेल्न निर्देशन दिदै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल्न सञ्चालन गर्न आग्रह गरे।उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नुभयो। त्यसैगरी सो नगरपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नरमा भईरहेको ऐतिहासिक मेयरकप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धि गरिरहेको बताउनुभयो।
पटेलले सो प्रतियोगिता मा खेल्न आएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे। त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमन सो नगरपालिका एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आस्वासन समेत दिनुभयो। उक्त प्रतियोगितामा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर,वडा नं.७ का वडाअध्यक्ष मदन पाल,वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,र कार्यपालिका सदस्य रामबाबु साह लगायत विभिन्न वडा बाट आए का विभिन्न पार्टी प्रतिनिधि तथा खेलाडी र दर्शकहरुको उपस्थिति समेत रहेको थियो। प्रतियोगितामा आज वडा नम्बर ६ र ९ विच भिडन्त भएको छ भने सो मेयर कप क्रिकेट प्रतियोगितामा सो नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0