<

तेल अहिव, ११ कार्तिक ।

इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।

 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए ।

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाईे हमास माथीको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ ।

 

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ ।

 

इजरायलकाे साे पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

 

रोयटर्स र एएफपी दुबैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0