<

 

काठमाडौं, १८ वैशाख ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।

साेमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ६४ पैसाले वृद्धि भएको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।

 

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एक रुपैयाँ ७१ पैसाले बढेको छ। यसको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा तोकिएको छ। आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

 

सोमबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । यि दुवैको भाउ आज  स्थिर रहेको छ ।

 

सोमबार मलेसियन रिंगिट पनि स्थिर रहेको छ । यसको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।

 

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0