<

 

कार्तिक-२

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रासनरायण पटेल पु:न दोस्रो पटकपटकको लागि हाजिर हुनुभएको छ। बिहिबार सो नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले त्यहाँ निर्वाचित वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको साथै कार्यालयका कर्मचारीहरूको उपस्थितिमा फुलमाला,खादा तथा टीका लगाएर स्वागत गर्दै पटेललाई कार्यालयमा हाजिर गराउनु भएको छ।

कार्यालयमा हाजिर भएलगतै हाकिम पटेलले सर्वसाधारणले कार्यालयबाट पाउने सबै प्रकारका सेवा तथा सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्दै आफुले नियमानुसारका महसुस हुने गरी, सर्वसाधारण नागरिकलाई सेवा दिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन्। अधिकृत पटेलले नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग सधैं रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । पटेलले यसअघि वृन्दावन नगरपालिकामा भएको कमि कजोरीहरु लाई सुधारदै आफू पनि अगाडि बढ्ने र सबैलाई एक ढिका भएर अगाडि बढ्न आग्रह समेत गर्नु भयो। उहाँका अनुसार अब पालिकाको प्रशासनिक र आर्थिक लगायत अन्य कामकाज पनि अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो। यति मात्र न भई नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका कर्मचारीहरुको तलब,सामाजिक सुरक्षा भता र जनप्रतिनिधिहरुको सेवासुविधा लगायत अन्य बाँकी बक्यौता भुक्तानीको कामकाज पनि अगाडि बढाउने विश्वास दिदै, उहाँले, आफुले सो पालिकाको गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। साथै उहाँले सबै जनप्रतिनिधी,कर्मचारी, राजनीति कर्मी, नागरिक समाज र पत्रकार जगतको समेत साथ र सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

वृन्दावन नगरपालिका विगत केही समय देखि कार्यालय प्रमुख विहिन रहेको कारणले नगरको सम्पूर्ण कामकाज अस्त व्यस्तमा परेको थियो।सो कुराको मध्य नजर गर्दै कार्यालयले मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी पठाईएको पत्र बमोजिम सो कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पटेलले जिम्मेवारी पाएको हो। पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर छैटौं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।

उक्त कार्यक्रममा वडा नं १ वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडा नं.८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह,वडा नं.९ का वडाअध्यक्ष प्रवेज आलमको साथै कार्यपालिका सदस्यहरु लालपरी देवी,पुनम पासवान,एतबरिया देवी,राजेश पासवान र रामबाबु साह लगायत विभिन्न कर्मचारी तथा भद्रभलादमी बुद्धिजीवीहरुक उपस्थिति समेत रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0