<

काठमाडौं, २ कार्तिक ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ ।

चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

 

हिजाे साँझ छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनकाे coronary artery blockage भएकाे पत्ता लागेकाे थियाे । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेकाे उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाइ जानकारी गराएका छन् ।

 

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0