<

काठमाडौं, २ कार्तिक ।

आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ ।

 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुदैँछ ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

 

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0