<

आरके श्रीवास्तव,गरूडा,वैशाख १४ गते
राैतहटकाे वृन्दावन नगरपालिकामा सूचनाकाे माग गर्दै रिले अनशनमा बसेकाहरूकाे १४ वटा माग मध्ये एउटा माग पूरा भएपछि रिले अनसन ताेडिएकाे हाे । अनसनकारीहरूकाे माग मध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएकाे र पछि बाँकी मागहरू क्रमश:पूरा गर्दै जाने सर्तमा रिले अनसन ताेडिएकाे हाे ।

कार्यक्रममा बाेल्दै वक्ताहरूले प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेलाई रिले अनसन ताेडन महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा अधिकृत पाण्डेले सुशासन कायम गर्ने उदेश्यले भएको रिले अनसनमा सहमति भएको छ । जुन सराहनीय छ । बृन्दावन नगरपालिकालाई समृद्ध नगर बनाउन सबैकाे सहयोग गर्नुपर्नेमा जाेड दिनु भयाे ।

नगरपालिका पक्ष र अनसनकारी पक्ष बिच विभिन्न पाँच बुँदे सहमति पनि भएको छ । रिलेअन बस्ने पक्षबाट माग भए बमोजिमका सूचनाहरू कानुन सम्वत् रूपमा कार्यालयले उपलब्ध गराउने,रिले अनसनमा नगरपालिकाका जिम्मेवार वडा अध्यक्षहरू समेत सहभागी हुनु भएकोले सूचना प्राप्त गर्न वहाँहरू बाट कार्यालय सँग समन्वय गरि सूचना प्राप्त गर्ने,सुशासन कायम गर्नकाे लागि कार्यालयकाे तर्फबाट यथा समयमा सार्वजनिक सुनवाइकाे आयाेजना गर्ने,कार्यालयकाे तर्फबाट माग बमाेजिम आर्थिक वर्ष २०७८/७९ काे जेष्ठ १ गते देखि हालसम्मकाे संचित काेष,चालू र पुँजीगत तर्फकाे बैंक स्टेटमेन्ट उपलब्ध गराउने,नगरकाे विकास र समृद्धिकाे लागि आम नगरवासी,राजनीतिक दल तथा जनप्रतिनिधि बिच आपसी सहकार्य तथा समन्वय कायम राख्ने सहमति भएको छ ।


नगर प्रमुख विनाेद पटेल कुर्मिले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप समेत लगाउँदै उनीहरू रिले अनसनमा बसेका थिए । नगरप्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु एकजुट भई रिले अनसन बसेका थिए ।

नगरप्रमुख प्रत्यासि तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव , नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद पटेल , नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, आजपा नेता अशाेक साह , रिले अनसन बसेका थिए । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसि रहेका थिए ।

उनीहरूले आ.व. २०७९/०८० मा भएको नगर सभा देखी हालसम्म भएको नगर सभा देखी हाल २०७९ चैत ०५ गते सम्मको निर्णय प्रतिलिपिहरु,शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,स्वास्थ्य क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ,करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण ,अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण ,पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ,२०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण,नगरपालिकाको भित्रको सम्पूर्ण बैक खाताहरुको हाल सम्मको विवरण ,दर्ता चलानी किताबमा दर्ता चलानी भएको पत्रहरुको प्रतिलिपि, विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कगजातहरुको प्रतिलिपि ,हाल सम्म भएको खर्च रकमको शिर्षक सहितको प्रति महिना विवरणको प्रतिलिपिहरु,कोरोना पिडितहरुलाई दिएको रकमको विवरणको प्रतिलिपि ,यथा सिघ्र भूमि वार्गीकरणको निर्णय पठाउने ,नगरवासीको उपस्तिथीमा नपा कार्यालय भित्र सार्वजनिक सुनवाई अभिलम्ब गर्ने सहितका मागहरु राखि रिले अनसनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0