<

रौतहट १४ बैसाख ।

देश क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको भन्दै आम जनता पार्टीले जागरण यात्रा गर्ने भएको छ ।

विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा” जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने आजपाले जनाएको छ ।

आम जनता पार्टीको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

उपनिर्वाचनमा घोषित अघोषित गठबंन्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेर सहाशिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गर्दै यस्तो विषमरसंवेदनशील परिस्थितिमा आजपाप्रति विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गरेको छ ।१८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने, निर्णय भएको आजपा केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0