<

काठमाडौं, १३ वैशाख

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0