<

काठमाडौं, २२ असोज ।

छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

 

तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन  ।

 

निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल अाराेहणा गरेर साे रेकर्ड ताेडेका थिए । तर, चीनकाे शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिवार देखी बेपत्ता थिए ।

शीशापाग्मा शिखर आरोहणको क्रममा आरोही जिना मारी रुजुसिडलोसँगै हिमपहिरोमा परेर हराएका उनीहरु मृत अवस्थामा फेला परेको एभरेष्ट टुडेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0