<

कञ्चनपुर, १३ वैशाख

कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार कञ्चनपुर प्रहरीले एक लाख ६९ हजार दुई सय मुल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको हो ।

भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका सामान बेवारिसे अवस्था फेला पारेको प्रहरीले जनाएको छ । जुत्ता, मिठाई र लेदरका झोला बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0