<

भक्तपुर, २१ असाेज ।

खुल्ला रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रोयल रक्स चेस एकेडेमीका रुपेश जैशवाल प्रथम भएका छन् ।

नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवद्धारा आयोजित साे प्रतियाेगितामा जैशवाल प्रथम भएका हुन् ।

उनले प्रथम भई नगद पुरस्कार रु १५ हजार हात पार्दै उपाधिमा कव्जा जमाएका छन भने दोश्रो स्थानमा राजन सुवेदीले ट्रफी मेडल र नगद पुरस्कार रु १० हजार प्राप्त गर्न सफल भएका छन ।

यसैगरी, पुरुषोत्तम सिलवालले तेश्रो भएर नगद पुरस्कार रु ६ हजारका साथै तश्रो ट्रफी हात पार्न सफल भए । चौथो स्थानमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथा भए र नगद पुरस्कार रु दुई हजार हजार जित्न सफल भए । क्रमश पाचौंमा क्षितिज भण्डारी, छैटौ भक्तपुरका राजेश कक्षपति, सातौ मिशन दाहाल, आठौं धिरेन राई, नवौं राजन पुरी र दशौ स्थानमा  कमल मैनाली पर्न सफल भए ।

भक्तपुरका गणेशमान दुवाल बेष्ट भक्तपुर, बद्रीलाल नेपाली बेष्ट भेट्रान, एस डी रनसिंगे बेष्ट वमेन र हर्कबहादुर च्वनग्वाङ्ग बेष्ट अनरेटेड बन्न सफल भए । प्रतियोगितामा  मध्यपुरका कुशल प्रजापति १२ बर्षमुनिमा उत्कृष्ट घोषित भए । प्रतियोगितामा विभिन्न जिल्लाबाट १४४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई प्राविधिक सहयोग भक्तपुर जिल्ला बुद्धिचाल सघं र नेपाल बुद्धिचाल महासघंले गरेका थिए ।

 

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्दै  खेलाडीले खेल खेल्नुको साथै देशको सार्वभौमिकता, अखण्ड र स्वतन्त्रता रक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लाग्न सकोस भन्ने शुभकामना दिएका छन् । आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले विजेता खेलाडीहरुलाई बधाई दिदै युवाहरुलाई विकृति र विसंगतिबाट  टाढा राख्न संघको स्थापना दिवसको अवसर पारी  बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताए ।

 

प्रतियोगिताका  संयोजक एवं चिफ आर्विटर राजकुमार लघुले युवाहरुको स्वास्थ्यताको लागि नेक्रायुसघंको स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको जानकारी दिए । कार्यक्रममा आयोजक संघका हरिसुन्दर सुवाल, रामशरण त्वाती र एण्डिज ग्वाछाले पनि संघको उद्देश्य माथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0