<

काठमाडौं, २१ असोज ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ ।

 

संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राइले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन ।

 

साथै, सभामुख देवराज घिमिरेले बिधालय शिक्षा बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

 

सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0