<

रौतहट, १३ असोज । रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन भएका छन् ।

 

जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यलय प्रमुख वीरेन्द्र ढुंगानाको उपस्थितिमा भएको संघको प्रथम भेलाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा उपाध्यक्षमा प्रवेश आचार्य, कोषाध्यक्षमा ममता कुमारी सिंह, सचिवमा सन्दीप अर्याल रहेका छन् भने सदस्यहरुमा सविन भुजेल, रिजन अधिकारी, विवेक बुढाथोकी, उमेश तिमल्सिना र सुवास राउत रहेका छन्।

 

भेलामा बास्केटबल केन्द्रीय प्रतिनिधिहरू पवन थापा र गोपाल तिमिल्सिना, रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धिताल, सदस्य राजकुमार दर्लामीको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0