<

आरके श्रीवास्तव,रौतहट,१२ गते असोज ।
रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको अब आफनै भवन निर्माण हुने भएको छ । जसको लागि आज जिल्लाको गुजरा नगरपालिकामा सभाहल भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवनको शिलान्यास गरिएको हो ।


सोही वडाका वडा अध्यक्ष प्रेम चौधरीले शुक्रवार एक कार्यक्रमका बिच विधिवत् रुपमा शिलान्यास गर्नुभएको हो । थारु कल्याणकारीणी सभाको भवन रु. ९० लाख भन्दा बढीको लागतमा निर्माण हुन लागेको थारु कल्याणकारिणी सभा रौतहटका सभापती जगरनाथ चौधरीले जानकारी दिनुभयो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।


रामबाबु चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा भागीरथ चौधरीले स्वागत मन्तव्य राख्दै अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी चौधरीले थारु समाजको लागि आज उत्साहजनक र ऐतिहासिक दिन रहेको उल्लेख गर्नु भयो । साथै उनले दयालपुरमा नै थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भयो ।


साथै कार्यक्रमलाइ समापन गर्नु हुँदै थाकस रौतहटका अध्यक्ष चौधरीले भवन निर्माणमा मात्र थारु समाजको होइन् कि सवै वर्गको सहयोग बाट आज हामीले यो अवसर पाएका छौं । यसलाइ सहि तरिकाले सदुपयोग गर्ने छौं । भवन निर्माणमा सहयोग गर्नु हुने सबै महानुभावहरुलाइ धन्यावाद पनि ज्ञापन गर्नु भयो ।
वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । वडा अध्यक्ष चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बन्न लागेको हो । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, थाकसका केन्द्रिय सदस्य चन्द्रपुर नपाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरी, अधिकलाल चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,पूर्व सभापती रामश्रय चौधरी,दलित अगुवा पूनित राम सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0