<

विशाल बस्नेत/ महोत्तरी, ९ असाेज । 

मधेशको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उदेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएका छन ।

 

सर्लाहीको बागमती नगरपालिकामा बनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसावले मात्र आकर्षण बनेको छैन, किसानहरुको लागि समेत उपयोगी सावित बन्दै गएको छ । चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको वेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।

 

यसै सन्दर्भमा महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा बन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दै छन भन्ने बिषयलाई प्रमाणित समेत गरेको छ । बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको हाे । जसका लागि प्रारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत बिनियोजित गरिसकेको

 

रातु नदीको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमीटर वरपरसम्म फैलिएको छ । रातु नदीकाे नदी उकास जग्गालाई उपयोग गर्दै मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल बनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । २०५० को दशकमा आएको बाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा बगर बनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्‍याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपे तापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन । रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरे पछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।

 

चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने बताउदै मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उदेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन । गत अाइतबार मात्रै स्थलगत अवलोकन गरेका मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन बनाई राख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको वताए ।

 

यता  महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि बनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने बताएका छन । मधेशमा नै सवैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीबृदी हुने सरोकारवालाहरुको बिस्वास छ । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन, नगरको समेत मुख्य आयस्रोत बन्न सक्ने अनुमान गरिएको छ ।

 

वडा अध्यक्ष बिराट बिष्टले विशाल मानवनिर्मित ताल बनाउने बिषयमा वडावासीहरुसगँ पारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए  छ । न्युज कारखाना

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0