<

आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आज नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगर उपप्रमुख स्मिता कुमारी यादवको अध्यक्षतामा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामाजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र एसओडिसिसि संस्थाको पदाधिकारीहरु सहभागी भएका थिए ।


यू.के.ऐड.को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा एसओडिसिसि पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक जगदिप बन्ठाले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।


साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो । साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरन्तरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थापपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो ।
विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले ३१२ जना गढीमाई नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

त्यस्तै नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा एसओडिसिसिका अमरेन्द्र यादवले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0