<

 

 रौतहट,भदौ ३० गते ।

रौतहट प्रहरीले पटाका बरामद गरेको छ । बेवारिसे अवस्थामा राखिएको पटाका बरामतद गरेको हो ।

इलाका प्रहरी कार्यलय मौलापुरबाट खटिएका प्रहरी सहाय निरीक्षक प्रकाश चौहान नेतृत्वको टोलीले मौलापुर बसपार्कबाट बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो । बोरामा लुकाइछिपाइ ल्याइ राखेको अवस्थामा पटाका ५० पाता (२० बंडल) नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक चौहानले जानकारी दिए ।

भारतबाट भन्सार छली गरेर बंकुल नाका हुँदै मौलापुरमा ल्याइ राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको हो । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाइएको र पटाका ल्याउने मानिसको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय मौलापुरले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0