<

 

आरके श्रीवास्तव,रौतहट,३० गते भदौ ।

रौतहटमा प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको चन्द्रपुर स्थित गौतम होटेलमा एक दिने छलफल कार्यक्रम आयोजन गरिएको थियो । युएसएआईडी नागरिक समाज तथा संचार कार्यक्रमको ‘प्रदेश आमसंचार नीति छलफल कार्यक्रम भएको हो ।

दि एसिया फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । दुवै जिल्लाका सहभागी पत्रकारहरुले आ—आफनो तर्फ बाट महक्तवपूर्ण सुझावहरू समेत दिएका थिए । कार्यक्रममा यूवा,महिला र सीमान्तकृत समुदायलाइ पत्रकारितामा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि सुझावहरु संकलन गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रह्नु भएका प्रदेश सांसद कनिश पटेलले प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रमलाइ अझै व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उठेका सवालहरु, सुझावहरू सदनमा आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । उनले भने,सावैजनिक खरिद ऐन परिवर्तन गर्नु देखिएको बताए ।

सो ऐनले राष्ट्रिय स्तरको पत्रिकामा केही विज्ञापन गर्नुपर्ने तोकेको हुन्छ । त्यो परिवर्तन गर्नुपर्छ । त्यती गर्न सके मात्र स्थानिय स्तरका सञ्चारमाध्यमहरु लाइ संरक्षण गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास,नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्ण,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सहित दुइ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0