<

विशाल बस्नेत,२९ भदौ, महोत्तरी ।

माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन ।

 

इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे  कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।

 

गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्‍याउने बताउदै आएको छ ।

 

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।

 

तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

 

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0