<

 

भक्तपुर, ३० भदाैं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ ।

 

स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

 

सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकाे क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0