<

बैशाख १२
बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी छ।

पछिल्लो परिमाणअनुसार जनता समाजावदी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन्।

जसपा अध्यक्ष यादव ११ हजार ४ सय ३५ मतका साथ अगाडि हुँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ४ सय ६३ मतका साथ उनलाई पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २ सय १५ मतसहित तेस्रो स्थानमा छन्। बारा २ को मतगणना जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भइरहेको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो।

कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन्।

यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।
सभार नेपालखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0