<

 

काठमाडौं, १७ भदाै।

नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ सेभेन स्टार फोर के टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन्  ।

 

चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई आइतबार टेलिभिजनको कार्यालय शान्तिनगर  काठमाडौंमा अध्यक्ष  सुरेश काफ्लेले नियुक्ति पत्र प्रदान गरेर महाप्रबन्धकको जिम्मेवारीमा  नियुक्त गरेका हुन् ।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले जिम्मेवारी समाल्दै आफूमा भएको सिप, क्षमता र अनुभवको भरपुर उपयोग गरी टेलिभिजनमा आफूलाई  समर्पित गर्ने सोच लिएको बताएकी छन् ।

व्यवसायिकरुपमा करिब ३३ वर्ष पत्रकारिता क्षेत्रको अनुभव बोकेकी श्रेष्ठले  भनिन्न, ‘आफूले पाएको र  हालसम्म गरेको कामको अनुभवलाई यस टेलिभिजनमार्फत आम दर्शकहरूबिच प्रभावकारी र उत्पादनमूलक बनाई टेलिभिजनलाई अझै चम्काउने लक्ष्य छ ।’

त्यस्तै स्टार जस्तै चम्किलो  बनाउन  श्रेष्ठका   योगदान अतुलनीय रहने टेलिभिजन परिवारले विश्वास लिएको अध्यक्ष काफ्ले बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0