<

बारा, ११ बैशाख । हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ ।

 

हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज सुरु भएको हो ।

जारी सर्बदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना सुरु गर्ने तयारी भएकाो छ ।

 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ ।

 

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0