<

 

काठमाडौ, १३ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0