<

आरके श्रीवास्तव,रौतहट,भदौ १० गते ।
गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार संतोष कुमार चौधरीले बहुमत आफनो पक्षमा रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफनो पक्षमा अपार बहुमत रहेकोले आफनो जित कसैले रोक्न नसक्ने अध्यक्षका उम्मेदवार चौधरीको दावी छ ।
चौधरीले पत्रकारहरुसंग कुरागर्दै अघि भने, मेरो जितको अवस्था सुनिश्चित छ । मलाई जिताउनका लागि सबै व्यापारी एकढिक्का भएर लागेका छन् । त्यसकारण म जित्छु भन्ने भान भएको छ । मलाई आर्थिक समृद्धिका बारेमा निकै अनुभव पनि छ । मेरो पक्षमा विगतका दिनदेखि महासंघलाई बुझेका निकै लामो समयदेखि जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेका छन् ।
उनले अघि भने, ‘म व्यापारीको मर्म, भावना र समस्याहरू राम्रोसंग बुझेको छु । त्यसैले व्यापारीहरु मलाई अवश्य बहुमत दिएर विजयी गराउँछन, उनले भने, ।’
त्यस्तै अर्का उम्मेदवार सतिश साहले पत्रकारहरुसंगको कुराकानीमा भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै साहले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट नै गर्ने बताए ।
साथै उनले आफू कुनै पार्टीको उम्मेदवार नभइ व्यपारीहरुको पार्टी रहेको बताएका छन् ।
एक अध्यक्ष र १३ जना सदस्य पदका लागि हुने निर्वाचनमा कुल ३३ जनाले चुनावी मैदानमा उत्रिएका छन् । भदौ १८ गते हुने संघको निर्वाचनमा कुल ९ सय ५२ जना मतदाता मतदान गर्न पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0