<

काठमाडौं, १० बैशाख । प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ ।

 

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।

 

लिभरपुलका डिएगो जोटाले  खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थीतिमा रहन पुग्यो ।
पुन जोटाले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउदै खेल २–२ को बराबरीमा पु¥याएका थिए ।

 

अन्त्यन्त रोमाञ्चारकी उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्नतः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए ।

 

लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0