<

 

रुपन्देही, ९ भदौं ।

नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।

 

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन ।

प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन ।

 

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0