<

आरके श्रीवास्तव,रौतहट,भदौ ०८ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार अन्तिम समय शुक्रवार ४ बजेसम्म ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्याको लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

अध्यक्ष पदमा मनोनयन दर्ता गराउनेहरुमा संतोष कुमार चौधरी, चुनचुन प्रसाद साह,सतिश साह,राधेश्याम साह कलवार,राजेश कुमार साह रहेका छन् ।

त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली,महाशक्ति साह निराला,राकेश कुमार साह,हरिकिशोर प्रसाद साह,अनिता कर्ण,शिवम् कुमार सोनी,हेमलाल साह सोनार लगायतका व्यक्तीहर सदस्य पदका लागि मनोनय दर्ता गराएका हुन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनको कार्यक्रम अनुसार भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउने समय रहेको छ । यस्तै सोही दिन दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ । अध्यक्ष चयन भएपछि बहुमतको आधारमा अन्य पदाधिकारी चयन गर्ने गरेको छ । जसमा प्रथम उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारीहरु चुनिन्छन् । यस अघिका गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल सकेपछि चुनाव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0