<

 

काठमाडौं, ८ भदौ ।

देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङकाके विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका-४ बस्ने ३५ वर्षीय अनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

 

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ डोकेबजार बस्ने २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-८ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय गोविन्द रानालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

सिरहाकाे गोलबजार नगरपालिका-६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरहा गाउँपालिका-५ बस्ने १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका-६ मझौवा बस्ने २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका-५ बस्ने ३१ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले म.प्र ०२- ००६ प १२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

धादिङकाे गल्छी गाउँपालिका-७ वाईसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलास गाउँपालिका बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना.५ ख ५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0