<
काठमाडौ, ८ भदौ ।
मुक्तिनाथ विकास बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ७ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता भाउ खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
यस संस्थापक सेयरको प्रतिकित्ता भाउ तोकिएको छैन । खरिदकर्ताले नै आफूले किन्न चाहेको कित्ता र भाउ खुलाएर बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1