<

 

काठमाडौं, ७ भदौ ।

नेकपा एकीकृत समाजवादीको पार्टी सदस्यताको आवेदन फोनबाटै दिनसकिने भएको छ।

 

मंगलबारदेखि सुरु भएर बिहीबार सकिएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने जनाएको हो।

 

पार्टीका कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कस्ले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था गरिने बैठकको निर्णय छ।

 

पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णयसमेत बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0