<

 

काठमाडौ, ७  भदौ । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन आज डलरको खरिद दर १३२ रूपैयाँ ०० पैसा र बिक्री दर १३२ रूपैयाँ ६० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ र बिक्री दर ३५.३५ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा  विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0