<

आरके श्रीवास्तव,गरुडा,वैशाख ०९ गते

रौतहटको बौद्धीमाइ नगरपालिका ४ नम्बर वडाको इनरवारी स्थित उतर–पूर्व चौरतिर ग्रामिण कृषि सडक विस्तार गरिएको छ । वडा स्तरीय योजना बाट करिब १६ लाखको लागतमा सो नयाँ सडक विस्तर गरिएको हो । वर्षौदेखि सो सडक नहुँदा स्थानियहरुलाइ समस्या हुने गरेको थियो ।

किसानहरुलाइ धानबाली,मकै,गहुँ लगायत अन्नपात ढुवानी गर्न समस्या भइरहेको थियो । त्यसकै मध्यनजर गरी सो सडक निकालिएको हो । सो वडाका वडा अध्यक्ष तुरन्तनारायण यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । स्थानिय विसेश्वर यादवको घरदेखि झगरु राय यादवको घरसम्म कालेपत्र सडक सम्म १६ लाख रुपैयाँको लगानीमा ग्रामिण कृषि सडकको निर्माण भएको छ । सडक निर्माण भएपछि स्थानीयहरुलाई कृषिबस्तुको ढुवानी गर्न सहज हुनेछ । आफनो लक्ष्य अनुसार वडामा सडक निर्माण लगायतको कामलाई तिब्रता दिएको वडा अध्यक्ष यादवले बताए । सडक निर्माण भएपछि किसानहरुलाइ आ–आफ्नो खेती योग्य जमिनमा पुग्न सहजै पहुँच हुनेछ । सडक निर्माण भएपछि स्थानिय किसानहरु हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0